दुर्गेशले भने– मेरो जापानको भिसा ‘रिजेक्ट’ भएको होइन « Khabarhub

दुर्गेशले भने– मेरो जापानको भिसा ‘रिजेक्ट’ भएको होइन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाले आफ्नो जापानको भिसा अस्वीकार भएको विषय भ्रामक रहेको स्पष्टीकरण दिएका छन् ।

कार्यव्यस्तताले गर्दा आफू जापानको कार्यक्रममा उस्थित हुन नपाएको उनको भनाइ छ ।

गल्कोट समाज जपानले जापानस्थित ओसाका सहरमा जुन १४–१५ गते सम्म आयोजना गर्न लागेको ‘नेपाल महोत्सव २०२५’ मा जान दुर्गेशले भिसा नपाएको खबर फैलिएको थियो ।

जुन ७ मा कुवेतका लागि पहिल्यै कार्यक्रम गर्ने निर्णय भएकाले जपान जान नपाएको खुलाएका छन् । तर, जापानका आयोजकहरुलाई आफ्नो पासपोर्ट बुझाएको भने स्वीकार गरेका छन् ।

आफूले भ्याउदिनँ भन्दा आयोजकले छिट्टै भिसा निकालिदिन्छु भन्ने बचन दिएपछि पासपोर्ट बुझाएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा, मैले आफ्नो पासपोर्ट तीन दिनमै फिर्ता लिनुपर्‍यो ।’

जापानका आयोजनसँग कुनै पनि किसिमको सम्झौता नभएको दुर्गेशको दाबी छ ।

उनले जापानका दर्शकसँग रमाइने इच्छा भएको समेत बताएका छन् ।

आयोजक गल्कोट समाज जपानले एक महिनाअघि देखि कार्यक्रममा दुर्गेश आउने भनेर प्रचार गरेको पाइएको छ । उक्त प्रचारमा दुर्गेशसिहत गायकहरु रामचन्द्र चन्द, विष्णु खत्री, विक्रम परियार र गायिका अनिता चलाउने कार्यक्रममा उपस्थित हुने उल्लेख गरिएको छ ।

गायिका चलाउनेले पनि उक्त प्रचार सामाग्री आफ्नो फेसबुकमा सेयर गरेकी छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ५६ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको