सर्लाहीको चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

सर्लाहीको चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

सौर्य बत्ती जडानमा गरिएको थियो अनियमितता


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो ।

आयोगका अनुसार पूर्वअध्यक्ष यादव सहितको सङ्लग्नतामा सौर्य बत्ती जडानका लागि छुट्याइएको बजेटमा चरम अनियमितता भएको थियो ।

चक्रघट्टा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि दुई करोड १६ लाख रुपैयाँ छुट्याएको थियो ।

गाउँपालिकाका सबै नौ वडाका लागि नौवटै शीर्षकमा उक्त रकम विनियोजन गरिएको थियो । छुट्टयाइएको बजेट टुक्रा-टुक्रा पारी ठेक्का लगाएर अनियमितता भएपछि अख्तियारमा उजुरी परेको थियो ।

उजुरी निवेदनमाथि अनुसन्धान हुँदा स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकमलाई पोल खरिद, सोलार प्यानल खरिद, लाइटरताररनटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतको लागि बदनियत राखी टुक्राई पाँचवटा प्याकेज बनाइएको पाइएको आयोगले जनाएको छ ।

सुरुमा स्वीकृत विनियोजित बजेटभन्दा बढी हुनेगरी दुई करोड ५३ लाख १७ हजार २५० रुपैयाँको लागत अनुमान स्वीकृत गराएको पनि विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।

आयोगले गाउँपालिकाका तत्काली अध्यक्ष यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) संजय कुमार ठाकुर, सहायक पाँचौँ एवं जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-इन्जिनियर सन्तोष राय, सब-इन्जिनियर राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव र एस.के.स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमारी शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगीता कुमारीविरुद्ध कसुर रकम बमोजिमको बिगो मागदाबी गरेको हो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : १८ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव