अहमदावाद विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त « Khabarhub

अहमदावाद विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै परराष्ट्रमन्त्री देउवाले दुःख व्यक्त गरेकी हुन् ।

उनले दुर्घटनाबाट प्रभावितको परिवार र आफन्तजनप्रति श्रद्धाञ्जली र संवेदना पनि व्यक्त गरेकी छिन् । दुर्घटनापछि भारतको पक्षमा नेपाल उभिएको उनको भनाइ छ ।

उनले लेखेकी छिन्, ‘लण्डनका लागि उडान भरेको एअर इण्डियाको एआई१७१ विमान भारतको अहमदावादमा दुर्घटना भएको सुन्दा गहिरो दुःख लागेको छ । प्रभावितका परिवार र आफन्तप्रति म संवेदना र श्रद्धाञ्जली व्यक्त गर्दछु । यस दुःखद घडीमा भारतसँग नेपाल ऐक्यबद्धता जाहेर गर्दछ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : ३७ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव