अहमदावाद विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

अहमदावाद विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै परराष्ट्रमन्त्री देउवाले दुःख व्यक्त गरेकी हुन् ।

उनले दुर्घटनाबाट प्रभावितको परिवार र आफन्तजनप्रति श्रद्धाञ्जली र संवेदना पनि व्यक्त गरेकी छिन् । दुर्घटनापछि भारतको पक्षमा नेपाल उभिएको उनको भनाइ छ ।

उनले लेखेकी छिन्, ‘लण्डनका लागि उडान भरेको एअर इण्डियाको एआई१७१ विमान भारतको अहमदावादमा दुर्घटना भएको सुन्दा गहिरो दुःख लागेको छ । प्रभावितका परिवार र आफन्तप्रति म संवेदना र श्रद्धाञ्जली व्यक्त गर्दछु । यस दुःखद घडीमा भारतसँग नेपाल ऐक्यबद्धता जाहेर गर्दछ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : ३७ बजे

इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज

काठमाडौं- खेलको अन्तिममा भारतले नाटकीय जित हात पारेपछि इंग्ल्यान्डसँगको शृङ्खला

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन

आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको