पत्रकार नारायण अर्याल पक्राउ « Khabarhub

पत्रकार नारायण अर्याल पक्राउ


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो ।

‘कलमजिवी (पत्रकार) नारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ,’ लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुपन्डोलको नटराज ट्राभल्सबाट नियन्त्रणमा लिएको छ ।’

यसअघि बिहान पत्रकार अर्यालले खबरहबसँगको कुराकानीमा आफूलाई खोज्दै सादा पोशाकका प्रहरी कुपण्डोलस्थित निवासमा पुगेका बताएका थिए ।

सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका थिए ।

यो पनि पढ्नुहोस् :

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : २४ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली