विश्व च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले तीन खेलको ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्दै « Khabarhub

विश्व च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले तीन खेलको ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्दै


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले यही सेप्टेम्बरमा पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ।

नेपालका लागि यो ऐतिहासिक क्षण हुनेछ । नेपालले वेस्टइन्डिजसँग तीन खेलको टी२० अन्तर्राष्ट्रिय सिरिज शारजाहमा खेल्ने भएको छ। जसले नेपाललाई अक्टोबरमा ओमानमा हुने महत्त्वपूर्ण टी२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा सहयोग गर्ने विश्वास नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ ।

क्रिकेट वेस्ट इन्डिज क्रिकेट बोर्डले पनि एसियाली राष्ट्र नेपालसँगको तीन खेलको टी२० अन्तर्राष्ट्रिय सिरिजलाई ऐतिहासिक भनेको छ ।

यो सिरिज दुवै टिमबीचको पहिलो द्विपक्षीय सिरिज हो, जसले क्रिकेटको विकास र विश्वव्यापीकरण गर्ने अभियानमा महत्वपूर्ण माइलस्टोनको प्रतिनिधित्व गर्ने वेस्टइन्डिज क्रिकेट बोर्डले उल्लेख गरेको छ ।

क्रिकेट वेस्ट इन्डिजले पनि नेपालसँगको ऐतिहासिक तीन खेलको टी२० अन्तर्राष्ट्रिय सिरिजमा भाग लिने घोषणा गरेको छ।दुवै टिमबीचको पहिलो द्विपक्षीय सिरिजलाई क्रिकेटको विकास र विश्वव्यापीकरणको अभियानमा महत्वपूर्ण कोशेढुंगा भनिएको छ।
खेल तालिका (शारजाह, यूएई)

पहिलो टी२०आई – २०२५ सेप्टेम्बर २७

दोस्रो टी२०आई – २०२५ सेप्टेम्बर २८

तेस्रो टी२०आई – २०२५ सेप्टेम्बर ३०

सिरिजको आयोजन क्रिकेट संघ नेपाल (क्यान) ले गरिरहेको हो, जसले नेपाललाई यस वर्ष पछि हुने आईसीसी पुरुष टी२० विश्वकप एशिया छनोट प्रतियोगिताको तयारीमा सहयोग पुर्‍याउनेछ।

‘यो सिरिज केवल खेलहरूको श्रृंखला मात्र होइन, क्रिकेटको बढ्दो विश्वव्यापी उपस्थितिको उत्सव हो। क्रिकेटको सार — गौरव, उद्देश्य, र एकताको शक्ति — यसमा झल्किन्छ’, बोर्डले भनेको छ, ‘पूर्ण सदस्य राष्ट्रको रूपमा हाम्रो कर्तव्य हो कि हामी क्रिकेटको विकासमा योगदान दिऊँ, विशेषगरी उदीयमान राष्ट्रहरूमा। नेपाललाई ऐतिहासिक क्षणमा साथ दिन पाउनु गौरवको कुरा हो। हामी शारजाहमा रोचक र प्रतिस्पर्धात्मक क्रिकेटको अपेक्षा गर्दैछौँ।’

वेस्ट इन्डिज टिमले आफ्नो प्रतिष्ठित इतिहास र आक्रामक खेलशैली अनुसार एक बलियो टोली मैदानमा उतार्ने अपेक्षा गरिएको छ ।

जसले नेपाललाई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने विश्वास गरिएको छ । यसका साथै यो सिरिजले खेलाडी र समर्थकहरूलाई तटस्थ स्थानमा अन्तर्राष्ट्रिय क्रिकेटको आत्मा अनुभूति गराउनेछ।

वेस्ट इन्डिजले यस सिरिजको आयोजनका लागि क्रिकेट संघ नेपाल (क्यान) र इमिरेट्स क्रिकेट बोर्डलाई विशेष धन्यवाद दिएको छ। भविष्यमा पनि क्रिकेटको विश्वव्यापी पहुँच बढाउने सहयोगमा सँगै काम गर्ने अपेक्षा पनि उसले व्यक्त गरेको छ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : १९ बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग