भ्रष्टाचार मुद्दामा पक्राउ परे जसपाका प्रदेश सांसद सिंह « Khabarhub

भ्रष्टाचार मुद्दामा पक्राउ परे जसपाका प्रदेश सांसद सिंह


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेर हिरासतमा लिएको हो । मधेशका पूर्वमन्त्रीसमेत रहेका उनीमाथि अख्तियारले भ्रष्टाचार प्रकरणमा छानबिन गरिरहेको छ ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित सिंहको महोत्तरीस्थित घरमा अख्तियारले १२ जेठमा छापा मारेर कागजात जफतका साथै उनका स्वकीय सचिव ६५ वर्षीय विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो ।

प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

उपभोक्ता समिति गठन गरेर सांसद विकास कोषको रकम समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत झिक्न लगाउने गरेको आरोप उनलाई थियो । सांसद सिंहले आफ्नो र श्रीमतीको खातामा रकम जम्मा गर्न लगाएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।

यसअघि काठमाडौंबाट गएको अख्तियारको टोलीले जनकपुर उपमहानगरपालिका-९ सरस्वती टोल बस्ने कायस्थलाई नियन्त्रणमा लिइसकेको छ। अख्तियारले मधेस प्रदेश सांसद सिंहले प्रयोग गरिरहेको मोबाइल फोन पनि नियन्त्रणमा लिएको थियो ।

महोत्तरीको मनराशिसवा नगरपालिका–६, सरपल्लो भएका उनी हाल धनुषाको जनकपुर उपमहानगरपालिका–९ मा बसोबास गर्दै आएका छन्।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ३२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल