बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो | Khabarhub Khabarhub

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बागलुङ– शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका– ५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । 

शुक्रबार साँझ बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका– ५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका– २ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका– २ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।

दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका– २ का गोविन्द थापा, सोही ठाउँकी लुम्बिनी महत, इन्द्रा कुँवर, निरमाया खत्री घाइते भएका थिए ।

यस्तै, देवी परियार, दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बूढा मगर, ५ वर्षीय विनय बूढा, ढोरपाटन नगरपालिका– ५ की डल्ली बिक, ढोरपाटन– १ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन– ५ की टनमाया कुँवर घाइते छन् ।

घाइतेहरूको मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १० : २५ बजे

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित