अर्थसंक्षेप : नेपाल-कम्बोडिया व्यापार बढाइने, ३.८ गुणा बढी आवेदन परेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ बाँडफाँड र अहमदावादमा विमान खस्दा बोइङको शेयरमा पहिरो | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेपाल-कम्बोडिया व्यापार बढाइने, ३.८ गुणा बढी आवेदन परेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ बाँडफाँड र अहमदावादमा विमान खस्दा बोइङको शेयरमा पहिरो


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

३.८ गुणा बढी आवेदन परेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ बाँडफाँड

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९’ हरित ऊर्जा ऋणपत्रको बाँडफाँड भएको छ । बोन्डमा ३.८ गुणाभन्दा बढी आवेदन परेको थियो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त बोन्ड बाँडफाँड भएको हो ।

पाँच अर्ब रुपैयाँ बराबरको हरित ऋणपत्रको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । ऋणपत्रमा जेठ १८ देखि २५ सम्म आवेदन मागिएको थियो ।

सात वर्षको अवधि रही वार्षिक ६ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र नेपालमै पहिलोपटक सार्वजनिक रूपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र हो ।

पोखरामा सीजी हिरो मोटोकर्पले ‘एक्सट्रयाक’ आयोजना गर्ने

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

नेपाल र कम्बोडिया व्यापार बढाउन एफएनसीसीआइ र क्याम्फेबाबीच समझदारीपत्र

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्य सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले गत आइतबार (जुन १० मा) स्वीट्जरल्यान्डको जेनेभामा सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन र व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी, तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धिका संयुक्त कार्यक्रमसहित र लगानी प्रवद्र्धनमा जोड दिने उल्लेख छ ।

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने 

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

९ अंकले घटेर बन्द भयो साताको अन्तिम शेयर बजार, कारोबारमा उछाल

बिहीबार साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ अंकले घटेको छ । नेप्से ०.३४ प्रतिशतले घटेर परिसूचक २६५५.३८ विन्दुमा झरेको छ ।

बिहीबार बजार घटे पनि कारोबारमा भने उछाल आएको छ । दिनभरमा १२ अर्ब ५१ करोड ५३ लाख ९ हजार रुपैयाँ बराबरको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो

भारतको अहमदावादमा एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परेपछि बोइङको शेयर ओरालो लागेको छ । बिहीबार प्रिमार्केट कारोबारमा बोइङको शेयर १८ अंक अर्थात् ८.४१ प्रतिशत ओरालो लागेको हो ।

बिहीबार अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको राजधानी लण्डनस्थित गट्विक विमानस्थलका लागि उडेको विमान दुर्घटनामा परेकाे थियो । विमानमा २ सय ४२ जना सवार रहेको जनाइएको छ ।

यसअघि पनि बोइङको जहाजमा अपनाइएको सुरक्षा व्यवस्था र गुणस्तरलाई लिएर प्रश्न उठ्दै आएको थियो ।

विशेषगरी अमेरिका बाहिरबाट पार्टपूर्जा लगेर जडान गरिँदा अर्डर अनुसार आपूर्तिमा पनि समस्या भएको थियो । त्यसो हुनुमा प्राविधिक कारण भनिएको थियो ।

आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई मेडिसिटीमा १० प्रतिशत छुट

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : १७ बजे

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक