बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री « Khabarhub

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताएका छन् । 

बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए) द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ । मलाई गाह्रो हुन्छ । म उनीहरू सधैँ मुस्कुराइहुन् भन्ने चाहन्छु । सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न र शासकहरूलाई सुनाउन पाउँदैनथे । आज म प्रधानमन्त्रीका रूपमा बालबालिकाका कुरा सुनिरहेको छु ।’, बालबालिकाका समस्याका कुरा सुनेपछि भावुक हुँदै  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनु हुँदैन । उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्छ । हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरू जारी रहनेछन् ।’

उनले आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरूको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने स्पष्ट गरे ।

‘मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु । देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ । सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागि रहेको छ । पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौँ ।’, प्रधानमन्त्रीको भनाइ थियो, ‘बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुपर्छ ।’

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा  प्रधानमन्त्री ओलीलाई सामूहिकरुपमा चिठी बुझाएका थिए ।

कार्यक्रममा एनसिपिएका पूर्व अध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताए भने  राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसिजी–नेपाल)का सहअध्यक्ष नरेन्द्र डङ्गोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : १० बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव