सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा काँग्रेस निकट खड्का नियुक्त « Khabarhub

सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा काँग्रेस निकट खड्का नियुक्त


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीका अनुसार खड्काले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

फुटबल र हक्कीका पूर्वखेलाडी खड्का खेल क्षेत्रमा लामो अनुभव बोकेका व्यक्ति हुन्। उनले आधा दर्जनभन्दा बढी राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन् भने एक पटक राष्ट्रिय हक्की प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन्।

खेल प्रशासनको क्षेत्रमा पनि खड्काको अनुभव उल्लेखनीय छ। उनी कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका छन्। त्यस्तै, क्रिकेट विकास समिति क्षेत्र नम्बर ९ का कोषाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। पूर्व क्षेत्रीय खेलकुद विकास समितिमा सदस्यका रूपमा पनि उनले काम गरिसकेका छन्।

नेपाली काँग्रेस निकट खड्का खेलकुद क्षेत्रसँगै राजनीतिक क्षेत्रमा पनि सक्रिय छन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद झण्डै तीन महिनादेखि रिक्त थियो। २०७७ चैतमा दीपकबहादुर सिंह चार वर्षका लागि नियुक्त भएका थिए। उनको कार्यकाल २०८१ चैत ९ गते सकिएको थियो।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : १४ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल