इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै « Khabarhub

इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनेई इजरायलको आक्रमणमा जोगिएका छन्। उनी सुरक्षित र जीवित रहेको समाचार रोयटर्सले प्रकाशित गरेको छ।

उनलाई सुरक्षा एजेन्सीले इजरायली आक्रमणपछिको स्थितिबारे जानकारी गराएका छन्। एक सुरक्षा स्रोतले रोयटर्सलाई बताएअनुसार खामेनाईले अवस्थाबारे जानकारी लिइरहेका छन्।

तेहरान वरपर इजरायलले कम्तीमा ६ वटा सैन्य अड्डामा आक्रमण गरेको समाचार छ।

न्यूयोर्क टाइम्सको समाचारअनुसार इजरायली सेनाले तेहरान वरपर रहेका कम्तीमा ६ वटा सैन्य अड्डामा आक्रमण गरेको हो।

पारचिन सैन्य कम्प्लेक्स मुख्य लक्ष्य थियो। दुई उच्चसुरक्षित परिसरमा रहेका सैनिक कमान्डरहरूको आवास र धेरैवटा आवासीय भवनहरूमा आक्रमण भएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान ११ बजे (स्थानीय समयअनुसार) वाशिङ्टन, डीसीमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठकमा इजरायलद्वारा इरानमा गरिएको आक्रमणबारे छलफल गरिनेछ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : ५७ बजे

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य

म्याग्दी– यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली– मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको

लुम्बिनीका दुवै ओपरन आउट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौं– जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

एजेन्सी– बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको