इजरायली आक्रमणबाट इरानमा को–को मारिए ? | Khabarhub Khabarhub

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको छ । इजरायलले यस सैन्य कारवाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ ।

इजरायलले इरानका आणविक केन्द्र तथा सैन्य मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । यससँगै मध्यपूर्वमा हिंसा र द्वन्द्वको क्रम अझ चर्किने संकेत देखिएको छ ।

इजरायली आक्रमणको जवाफमा इरानले पनि एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ‘ड्रोन’ आक्रमण गरेको छ । यसको प्रतिकार गर्न इजरायलले आफ्नो लडाकु विमानलाई तयारी अवस्थामा राखेको छ ।

इजरायलले इरानको राजधानी तेहरान र आसपासका क्षेत्र, आणविक केन्द्र रहेको नटान्ज शहर, ताब्रिज शहर, इस्फहान शहर, अरक शहर र केर्मान्शा शहरमा आक्रमण गरेको अल जजीराले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरुमा पूर्वाधारमा क्षति पुगेको देखिन्छ ।

इरानी सञ्चार माध्यमलाई उद्धृत गर्दै अल जजीरलाले जनाएअनुसार इजरायली आक्रमणमा इरानको अर्धसैनिक बल इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) का सेनापति होसेन सलामी, इरानी सेनाका प्रमुख मोहम्मद बघेरी मारिएका छन् ।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिको रक्षा गर्नका लागि इरानमा आईआरजीसीको स्थापना गरिएको हो । यस संगठन इरानको राष्ट्रिय सेनाभन्दा शक्तिशाली र मजबुत मानिन्छ ।

त्यसबाहेक इरानका सर्वोच्च नेता सैयद अली खामेनाइका सल्लाहकार अली शम्खानी इजरायली आक्रमणमा गम्भीर घाइते भएको राज्यसञ्चालित नूर समाचार संस्थाले जनाएको छ । इजरायली आक्रमणमा खतम अल अन्बिया नामक सशस्त्र बलका मेजर जनरल गोलामली रशिद पनि मारिएका छन् ।

त्यसैगरी, इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिकहरु पनि मारिएका छन् । समाचारमा जनाइएअनुसार इरानको इस्लामिक आजाद विश्वविद्यालयका प्रमुख एवम् वरिष्ठ आणविक वैज्ञानिक मोहम्मद तेहरानची र इरानको आणविक ऊर्जा संगठनका पूर्वप्रमुख एवम् अर्का वरिष्ठ आणविक वैज्ञानिक फेरेदून अब्बासी पनि मारिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : २४ बजे

स्पेसएक्सद्वारा स्टारशिपको ११औं परीक्षण उडान सफल

लस एन्जलस- स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल

युद्धविरामपछि पनि रोकिएन इजरायली आक्रमण, कम्तीमा नौ प्यालेस्टिनीको ज्यान गयो

गाजा- युद्धविराम सुरू भएको साता बित्न लाग्दा पनि गाजा क्षेत्रमा

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार