काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको सुझाव कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय नियमन विभाका कार्यकारी निर्देशक सदस्य सचिव रहेका छन् । उक्त कार्यदलले एक महिनाभित्रमा सुझाव दिनेगरी समयावधि तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
कार्यदललाई विभिन्न ६ वटा बुँदामा सुझाव दिनुपर्ने भन्दै जिम्मेबारी पनि तोकिएको छ ।
कार्यदल गठनमा सीबीफीनको स्वागत
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारको लागि सुझाव कार्यदल गठन गरेको विषयलाई बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले स्वागत गरेको छ । सीबीफीनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको उक्त कदमको स्वागत गरेको हो ।
‘नेपालको बैंकिङ इतिहासमा पहिलो पटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ’, सीबीफीनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरोकारवालाहरूसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरूको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन/सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरूको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहको निदान गर्ने गर चालिएका सुधारमुखी पहलहरूले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको छ भन्ने विश्वास लिएको सीबीफीनले जनाएको छ ।

प्रतिक्रिया