नेपाल राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधारका लागि सुझाव कार्यदल गठन « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधारका लागि सुझाव कार्यदल गठन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको सुझाव कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय नियमन विभाका कार्यकारी निर्देशक सदस्य सचिव रहेका छन् । उक्त कार्यदलले एक महिनाभित्रमा सुझाव दिनेगरी समयावधि तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
कार्यदललाई विभिन्न ६ वटा बुँदामा सुझाव दिनुपर्ने भन्दै जिम्मेबारी पनि तोकिएको छ ।

कार्यदल गठनमा सीबीफीनको स्वागत

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारको लागि सुझाव कार्यदल गठन गरेको विषयलाई बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले स्वागत गरेको  छ । सीबीफीनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको उक्त कदमको स्वागत गरेको हो ।

‘नेपालको बैंकिङ इतिहासमा पहिलो पटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ’, सीबीफीनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरोकारवालाहरूसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरूको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन/सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरूको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहको निदान गर्ने गर चालिएका सुधारमुखी पहलहरूले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको छ भन्ने विश्वास लिएको सीबीफीनले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : २२ बजे

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को मौद्रिक

दलको चासोमा नपरेको फिल्मी क्षेत्र, घोषणा पत्रमै बेवास्ता

काठमाडौं – कलाकारहरू राजनीतिमा जान्छन् तर, सोचेजसरी टिक्न सक्दैनन् ।

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको