औषधिको मूल्य निर्धारण समितिको प्रतिवेदन विरुद्ध औषधी व्यवसायी आन्दोलित  « Khabarhub

औषधिको मूल्य निर्धारण समितिको प्रतिवेदन विरुद्ध औषधी व्यवसायी आन्दोलित 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधिको मूल्य निर्धारण सिफारिस समितिको प्रतिवेदन विरुद्ध औषधि क्षेत्रका विभिन्न १० वटा संघसंस्था आन्दोलित भएका छन् ।

औषधिका सम्पूर्ण सरोकारवालालाई बेवास्ता गर्दै एकतर्फी रूपमा मन्त्रालयलाई समेत भ्रममा पारेर प्रतिवेदन पेश गरिएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिँदै आएका थिए । निर्धारित अल्टिमेटम सकिँदासमेत सरकारी निकायले कुनै चासो नदेखाएपछि उनीहरू आन्दोलित भएका हुन् ।

नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यावसायिक संघ, नेपाल मेडिकल एशोसियसन, आयातकर्ता संघ, औषधि थोक व्यवसायी संघ, प्राइभेट अस्पताल संघ, आयुर्वेद औषधि उत्पादक संघ, पशुपंक्षी औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल र पशु चिकित्सक संघ लगायतले संयुक्त रूपमा विरोध कार्यक्रम सुरू गरेका हुन् ।

संघसंस्थाहरूले काठमाडौँस्थित औषधि व्यवस्था विभाग, विराटनगर, वीरगन्ज र नेपालगन्जस्थित विभागका शाखा कार्यालयहरूमा मुखमा कालो पट्टी बाँधेर मौन धर्ना थालेका छन् । उनीहरूले प्रतिवेदन यथास्थितिमा लागू भए औषधिको आपूर्ति संकट आउने, गुणस्तरहीन औषधिको प्रवाह बढ्ने र सम्पूर्ण औषधि उद्योग धराशायी हुने खतरा रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ३१ बजे

अफगानिस्तानमा विश्व बैंकद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

एजेन्सी- विश्व बैंकको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने

नवलपुर–२ का मतदाता भन्छन्, ‘चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्’

नवलपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता

महाशिवरात्रि व्यवस्थापनमा गुठी संस्थानले दियो ४० लाख

काठमाडौं– गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख बजेट

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो

काठमाडौं– सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक वर्षको बजेट खर्च अनुमान

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू