‘छक्का पञ्जा २’ युट्युबमा « Khabarhub

‘छक्का पञ्जा २’ युट्युबमा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छक्का पञ्जा २’ युट्युबमा रिलिज गरिएको छ । दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको यो फिल्म सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्मलाई रिलिजको १२ घण्टामा ६ लाखभन्दा बढीले हरिसकेका छन् । दीपकराज गिरीको स्किृप्ट र दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा २’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको थियो ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विकासराज आचार्य र सामीप्यराज तिमल्सिनाको कथा रहेको छ ।

चलचित्रलाई विपिन मल्लले सम्पादन नगरेका हुन् भने दीर्घ गुरुङले खिचेका हुन् ।

चलचित्र हेरेका कतिपय दर्शकले यो फिल्म मन परेको प्रतिक्रिया दिएका छन् भने कतिले भने फिल्म नामको सिरियल भएको प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड फिल्मभन्दा राम्रो, उच्च गुणस्तरले सजिएको नेपाली फिल्म यसरी युट्युबममार्फत विश्वभर हामी छरिएर बसेर पनि हेर्नु सौभाग्य पाएँदा गर्व लाग्दछ ।’

अर्का प्रयोगकर्ताले भने रोष पोखेका छन् । उनको प्रतिक्रिया छ, ‘फिल्ममा नाममा सिरियल रैछ, त्यो पनि ताइ न तुइको ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : १७ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले