सिप मेलामा सहभागी ६२ जनाले गरे रक्तदान  | Khabarhub Khabarhub

सिप मेलामा सहभागी ६२ जनाले गरे रक्तदान 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको खुलामञ्च टुँडिखेलमा सञ्चालित सिप मेलामा आयोजित रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । 

विश्व रक्तदाता दिवसको अवसरमा काठमाडौं महानगरपालिकाको आयोजना, गतिशील अभियान नेपालको समन्वय,नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सहकार्यमा आज गरिएको रक्तदान कार्यक्रममा सिप मेलामा सहभागी ६२ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव तथा गतिशील अभियान नेपालका अध्यक्ष रामजी पौडेलले जानकारी दिए । 

उनका अनुसार भोली जेठ ३१ गते पनि रक्तदान कार्यक्रम हुनेछ । सबै स्वास्थ्य नागरिकहरूलाई यो मानवीय कार्यमा सहभागी भई रक्तदान गर्न र अरूको जीवन बचाउन योगदान पुर्‍याउन उनले आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ०५ बजे

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन

बनियानी– झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ ।

पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग

काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय विवादमा तानिएका छन्

पानी परेपछि सुनसरीका किसान खुसी

इनरुवा– लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका

हलेसी दर्शन गरेर फर्कँदै गर्दा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु

खोटाङ– हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार

एक वर्षमा पौने तीन लाख नेपाली भिजिट भिसामा बाहिरिए

काठमाडौं– पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्य