एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न इजाजत « Khabarhub

एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न इजाजत


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– डोल्पामा पाइने यार्सागुम्बा बिक्री गर्नका लागि १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । एकचालीस जनाले उक्त इजाजत लिएको डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलले बताए  ।

साउनदेखि हालसम्म ४१ जनाले इजाजत लिएको उनले बताए । जेठमा मात्र नौ जनाले इजाजत लिएको उनको भनाइ छ । अहिले मात्र नौ जनाले ३८ दशमलव १२१ केजीको इजाजत दिइएकामा साउनदेखि हालसम्म ४१ जनालाई १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । 

प्रतिकेजी ३१ हजार रुपैयाँ लिएर इजाजत दिने गरिन्छ । हालसम्म विभिन्न शीर्षकको एक करोड दुई लाख २४ हजार रुपैयाँ उठेको छ । ठुलिभेरीका तीन सामुदायिक वन समूह र काइके गाउँपालिकाको एउटा सामुदायिक वन समूहले प्रवेश शुल्क लिने गरेका छन् । सामुदायिक वनले प्रवेश शुल्क उठाउने गर्दछन् । 

उता से–फोक्सुण्डो राष्ट्रिय निकुन्जले समेत प्रवेश शुल्क उठाउने गर्दछ । यार्सागुम्बा सङ्कलनको कार्य जेठ ५ गतेदेखि सुरु भएको थियो । हाल अन्तिम चरणमा पुगेको छ । बर्सेनि डोल्पामा यार्सागुम्बा सङ्कलन हुने गर्छ । 

यहाँका स्थानीयवासीको आयआर्जनको भरपर्दो माध्यमसमेत यही रहेको छ । निकुन्जभित्र उठेको रोयल्टी शुल्क सङ्कलनको कार्य जारी रहेको कार्यालयले जनाएको छ । असार ५ गतेसम्म यार्सागुम्बा सङ्कलनको काम जारी रहनेछ । अघिल्लो वर्षभन्दा यो वर्ष कम मात्रामा यार्सागुम्बा पाइने गरेको सङ्कलक बताउँछन् । रासस

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ५७ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित