भिजिट भिसा प्रकरणमा कुनै दल गम्भीर देखिएनन् : स्वर्णिम वाग्ले | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरणमा कुनै दल गम्भीर देखिएनन् : स्वर्णिम वाग्ले


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको छ ।  

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपाका नेताहरुले भिजिट भिसा प्रकरणमा गम्भीर मानवतस्करीसंग जोडिएको बिषय भएकाले उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको हो । 

रास्वपा सांसद डा.स्वर्णीम वाग्लेले भिजिट भिसा प्रकरणमा माओवादी र सत्तापक्षबीच भएको सहमतिमा छानबिन आयोग बन्न ठोस प्रतिबद्धता नआएकाले समर्थन जनाउन नसकिएको बताए । 

भिजिट भिसा प्रकरणमा कुनै पनि दलहरूको गाम्भीर्यता नदेखिएको उनले बताए । उनले दलहरुबीच भएको दुई बुँदे सहमति उधारो सम्झौता रहेकाले रास्वपा सहभागी हुने कुनै गुञ्जायस नै नरहेको धारणा राखे ।  

रास्वपाका अन्य सांसदहरूले पार्टी एक्लै भए पनि भिजिट भिसा प्रकरणलाई नछाड्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : १२ बजे

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौं- कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिने भएकी छिन् ।

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा

चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय

दमौली- तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका

ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक खःमेय जात्रा

भक्तपुर- महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाईने

क्यानले भन्यो- सन्दीपलाई वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बन गरियो

काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको