‘सूर्य युग’ को विमोचन गर्दै भट्टले भने- एमालेमा विभाजित हुने छुट कसैसँग छैन् | Khabarhub Khabarhub

‘सूर्य युग’ को विमोचन गर्दै भट्टले भने- एमालेमा विभाजित हुने छुट कसैसँग छैन्


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले प्रकाशन गरेको ‘सूर्य युग’ मुखपत्रको विमोचन गरिएको छ । धनगढी स्थित नेकपा एमाले प्रदेश पार्टी कार्यालयमा औपचारिक कार्यक्रमका बीच ‘सूर्य युग’ मुखपत्रको विमोचन गरिएको हो ।

मुखपत्रको विमोचन नेकपा एमाले पार्टी केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका हुन् । एमालेको विचार जनस्तरसम्म लैजान र पार्टी कमिटीका गतिविधीलाई लिपिवद्ध गर्ने गरि पत्रिका प्रकाशन थालिएको एमाले प्रदेश उपसचिव समेत रहेकी प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले बताएकी छन् ।

पार्टी प्रदेश कमिटीको मुख पत्रकै रुपमा प्रकाशित हुने गरि ‘सूर्य युग’ मुखपत्र प्रकाशन थालिएको हो । विचार देखि समाचारसम्म, पार्टी गतिविधी देखि योजनालाई समेत मुलपत्र मार्फत सार्वजनिक गरिने प्रचार तथा प्रकाशन विभागका उपप्रमुख मातृका तिमिल्सेनाले जानकारी दिए ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि बनेका एमाले सचिव लेखराज भट्टले पार्टीको विचारलाई जनस्तरमा स्थापित गर्ने गरि ‘सूर्य युग’ मुखपत्रले भूमिका निर्वाह गर्न सुझाव दिए । प्रदेशको स्रोत साधनको पहिचानमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउने पार्टीको लक्ष्यलाई नै मुल ध्यय बनाएर मुखपत्रलाई प्रकाशित गर्नुपर्नेमा उनको जोड थियो ।

भट्ट पछिल्लो समय पार्टी भित्रको एकता र समृद्धि केन्द्रीय विषयलाई प्रमुख मुद्दा बनाएर बोल्दै आएका छन् । उनले सुदूरपश्चिम प्रदेशलाई संमृद्ध र विकसित बनाउने अभियानमा सबैले संयुक्त पहल हुनु पर्ने बताए ।

‘सुदूरपश्चिमलाई सबैभन्दा विकसित प्रदेश बनाउने हाम्रो लक्ष्य हो, सबै मिलेर यो लक्ष्य हासिल गर्नुपर्छ’, भट्टले भने । यो सुदूरपश्चिम होइन्, सुन्दर पश्चिम हो, सुन्दरतालाई नै समृद्धिको ताज पहिरिनु पर्ने उनको धारणा छ ।

उनले पार्टीभित्र देखिएको देखावटी एकताको आलोचना समेत गरे । आन्तरिक गुटबन्दी अन्त्य गरी संगठनात्मक एकता र रुपान्तरणको बाटो अँगाल्नुपर्ने आवश्यकता रहेको बताएका भट्टले समृद्धि र पार्टी एकता प्रमुख एजेण्डा र मुद्दा बन्नु पर्नेमा जोड दिए ।

आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन सबै कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरेका भट्ट यो वा त्यो कुनै बाहनामा पनि नेता कार्यकर्ता विभाजित हुने र विभाजन ल्याउने छुट कसैसँग नभएको बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज झपट बोहराले पार्टीको आन्तरिक जीवनमा मुखपत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सूर्य युग ले राजनीतिक चेतना र विकासको गतिविधि जनतासम्म पुर्याउने विश्वास व्यक्त गरे । ‘मुखपत्र सबै जिल्लामा पुर्याउनु पर्ने सुझाव उनको थियो ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पहिलो प्रयास सकारात्मक रहेको उल्लेख गर्दै पत्रिकालाई अझ उत्कृष्ट बनाइने बताए । सचिव रणबहादुर चन्दले पार्टी गतिविधिलाई सार्वजनिक गर्न मुखपत्र प्रकाशन गरिएको जानकारी दिँदै यसलाई निरन्तरता दिइने बताए ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले विभाग गठनपछि नीति, योजना र सिद्धान्तलाई आम कार्यकर्ता र पाठकसम्म पुर्याउने उद्देश्यले मुखपत्र सुरु गरिएको बताइन् । साथै, उनले अनलाइन पोर्टल र युट्युब च्यानल सुरु गर्ने योजना रहेको समेत जानकारी गराइन् ।

प्रदेश कमिटी सदस्य तथा विभाग उपप्रमुख मातृका प्रसाद तिमिल्सेनाले सूर्य युग पत्रिका लामो दप्रयासपछि सुरु गरिएको बताउँदै यसले पार्टीको नीति र कार्यक्रम जनतासम्म पु¥याउने बताए। आगामी दिनमा मुखपत्रलाई अझ परिस्कृत बनाइने उनको भनाइ थियो । कार्यक्रम पार्टी कार्यालयमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : ३१ बजे

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा

राष्ट्रपति पौडेलले गरे वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाल शिक्षक महासंघसँग भएको