पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो « Khabarhub

पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जुम्ला – अवरुद्ध जुम्ला–नाग्म सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको तातोपानी–१ स्थित बाइराँकामा आज दिउँसो ३ः०० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

जुम्ला सदरमुकाम खलङ्गामा रहेको सडक डिभिजन कार्यालयबाट खटिएका कर्मचारी र आवश्यक जनशक्ति र मेसिनरी साधन परिचालन गरेपछि साँझ ७ः०० बजेतिर सडक खुलेको सडक डिभिजनका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।

राजमार्ग बन्द हुँदा बजारबाट छुट्ने कालिकोटको नाग्मा हुँदै सुर्खेत नेपालगञ्ज र मुगुको गमगडी जाने सवारीसाधन करिब चार घण्टा सडकमा रोकिएका थिए ।

माथिबाट ठूला ढुङ्गा र माटोसहितको पहिरो खसेर सडक बन्द हुँदा दुवैतर्फका सवारीसाधन जाममा परेको थियो । अहिले राजमार्गमा खसेको पहिरो पन्छाएपछि सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १० : ३० बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग