गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ | Khabarhub Khabarhub

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका हुन् । 

पार्टीका क्रियाशील सबै सदस्यहरूबाट सभापति चुन्ने व्यवस्था गरिए लामो समयदेखि देखिँदै आएको गुटबन्दी अन्त्य हुने महामन्त्री थापाको भनाइ छ । उनले कांग्रेसको विद्यमान नेतृत्व चयनको प्रक्रिया परिवर्तन गरेर सबै क्रियाशील सदस्यहरूबाट नेतृत्व चयन गर्ने व्यवस्था नगर्दासम्म गुटबन्दी रहिरहने पनि बताए ।
 
‘साथीहरू तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ । नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छौँ। यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल,’ उनले भने, ‘सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल । १२ लाख मान्छेबाट निर्वाचित भएको कांग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त । त्यो सकियो । होइन भने गुट त बन्छ, जति भाषण गरे पनि ।’

महामन्त्री थापाले ०८३ साल मंसिरभन्दा अगाडि नै कांग्रेसको १५ औँ महाधिवेशन हुने दाबीसमेत गरे ।

‘हामीले २०८३ साल मंसिरभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरू कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्,’ उनले भने ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : २४ बजे

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा

प्रदेश प्रमुख अस्वस्थ भएपछि बागमतीका नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम स्थगित

हेटौँडा– बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको

म्याग्दीका तीस ग्रामीण सडकको स्तरोन्नति

म्याग्दी– म्याग्दी जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न