उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध | Khabarhub Khabarhub

उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर – उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् ।

जेठ ३० र ३१ गते आयोजित सङगठनको ५२औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपीन कावरा, सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सौरभ सारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दीपक अग्रवाल र सिद्धार्थ कावरा निर्विरोध भएका छन्‌ ।

सङ्गठनको विधान अनुरूप नवनिर्वाचित अध्यक्षले एकजना महिलासहित तीन जना कार्यसमिति सदस्य मनोनयन गर्ने प्रावधान अनुसार सदस्यमा प्रतीक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यासलाई अध्यक्ष नन्दकिशोर राठीले मनोनयन गरेका छन् ।

नवनिर्वाचित १७ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुने सङ्गठनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ३ : ५४ बजे

पुराना र नयाँ कलाकार लिएर फिल्म ‘किन लाग्छ माया’ बनाउने घोषणा

काठमाडौं – निर्देशक कुवेर तामाङको निर्देशनमा फिल्म ‘किन लाग्छ माया’

मिडियालाई थप विश्वसनीय बनाउन गाइडलाइन

काठमाडौं – नेपालको मिडिया क्षेत्रमा देखिएका समस्याको पहिचान र तिनको

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह

इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी

काठमाडौं- इरान र इजरायलले एक अर्कामाथि क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिएका

पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध 

काठमाडौं– औषधि व्यवस्था विभागले पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा