उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध « Khabarhub

उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर – उद्योग सङ्गठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् ।

जेठ ३० र ३१ गते आयोजित सङगठनको ५२औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपीन कावरा, सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा सौरभ सारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दीपक अग्रवाल र सिद्धार्थ कावरा निर्विरोध भएका छन्‌ ।

सङ्गठनको विधान अनुरूप नवनिर्वाचित अध्यक्षले एकजना महिलासहित तीन जना कार्यसमिति सदस्य मनोनयन गर्ने प्रावधान अनुसार सदस्यमा प्रतीक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यासलाई अध्यक्ष नन्दकिशोर राठीले मनोनयन गरेका छन् ।

नवनिर्वाचित १७ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुने सङ्गठनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ३ : ५४ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२