‘कबड्डी ३’ लाई दर्शकले मन पराउनुको कारण « Khabarhub

‘कबड्डी ३’ लाई दर्शकले मन पराउनुको कारण


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘जात्रै जात्रा’ पछि जति पनि फिल्म रिलिज भए, ती सबै फिल्म फ्लप भए । कतिले जेनतेन लगानी सुरक्षित गर्न सफल भए तर नाफामा कुनै फिल्म पनि गएनन् ।

चर्चाका हिसाबले बजार नै खान्छन् कि भनेझैँ गरेका फिल्मले पनि पानी भन्न पाएनन् । दर्शकले नै मन नपराएपछि फिल्म जस्तो बनाए पनि कस्तो के लाग्छ र?

यतिबेला भने चलचित्र ‘कबड्डी ३’ ले अस्वभाविक रुपमा दर्शक हलसम्म तान्न सफल भएको छ । जबकि, रिलिजको हप्ता दिनअघिसम्म पनि फिल्मको खासै चर्चा थिएन । निर्माण टिम पनि फिल्म चल्नेमा पूर्ण रुपमा विश्वस्त थिएन । तर, फिल्म चल्यो । नेपालको सानो बजारमा दैनिक एक करोडमाथिको ग्रस कलेक्सन गर्ने फिल्मलाई सफल चलचित्र मान्ने गरिन्छ । अर्कातिर यो चलचित्रले समीक्षा पनि सकारात्मक पाएको छ ।

किन चल्यो चलचित्र?

यो फिल्म चल्नुको पहिलो कारण त यसको टिजर रिलिजदेखि नै दर्शक प्रतीक्षामा थिए । यसअघि २ सिरिज सुपरहिट भइसकेका कारण फिल्मप्रति दर्शकको थप अपेक्षा थियो । त्यो अपेक्षाअनुसार धेरै हदसम्म दर्शकले सन्तुष्टि पाए । जसकारण दर्शक सपरिवार फिल्म हेर्न हल पुगे ।

अर्कातिर फिल्मको स्किृप्टलाई बलियो गरी बाँधिएको छ । फिल्मका संवाद पनि चोटिला र स्वभाविक छन् । जसलाई दर्शकले स्वभाविक रुपमा लिएका छन् । वीरकाजीको पात्र त झनै नेपाली समाजकै पात्र हो कि झैँ लाग्छ, धेरै दर्शकले वीरकाजीको पात्र रुचाउनुको कारण शायद यही हो ।

पछिल्लो समय नेपाली चलचित्रले दर्शक तान्न अनेक कोशिश गरे पनि असफल भइरहेका बेला यो फिल्मले भने दर्शक तानेको छ । अर्कातिर दर्शकको रोजाइमा अहिले कमेडी चलचित्र नै परिरहेको पनि स्पष्ट भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ५९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले