‘कबड्डी ३’ लाई दर्शकले मन पराउनुको कारण | Khabarhub Khabarhub

‘कबड्डी ३’ लाई दर्शकले मन पराउनुको कारण


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘जात्रै जात्रा’ पछि जति पनि फिल्म रिलिज भए, ती सबै फिल्म फ्लप भए । कतिले जेनतेन लगानी सुरक्षित गर्न सफल भए तर नाफामा कुनै फिल्म पनि गएनन् ।

चर्चाका हिसाबले बजार नै खान्छन् कि भनेझैँ गरेका फिल्मले पनि पानी भन्न पाएनन् । दर्शकले नै मन नपराएपछि फिल्म जस्तो बनाए पनि कस्तो के लाग्छ र?

यतिबेला भने चलचित्र ‘कबड्डी ३’ ले अस्वभाविक रुपमा दर्शक हलसम्म तान्न सफल भएको छ । जबकि, रिलिजको हप्ता दिनअघिसम्म पनि फिल्मको खासै चर्चा थिएन । निर्माण टिम पनि फिल्म चल्नेमा पूर्ण रुपमा विश्वस्त थिएन । तर, फिल्म चल्यो । नेपालको सानो बजारमा दैनिक एक करोडमाथिको ग्रस कलेक्सन गर्ने फिल्मलाई सफल चलचित्र मान्ने गरिन्छ । अर्कातिर यो चलचित्रले समीक्षा पनि सकारात्मक पाएको छ ।

किन चल्यो चलचित्र?

यो फिल्म चल्नुको पहिलो कारण त यसको टिजर रिलिजदेखि नै दर्शक प्रतीक्षामा थिए । यसअघि २ सिरिज सुपरहिट भइसकेका कारण फिल्मप्रति दर्शकको थप अपेक्षा थियो । त्यो अपेक्षाअनुसार धेरै हदसम्म दर्शकले सन्तुष्टि पाए । जसकारण दर्शक सपरिवार फिल्म हेर्न हल पुगे ।

अर्कातिर फिल्मको स्किृप्टलाई बलियो गरी बाँधिएको छ । फिल्मका संवाद पनि चोटिला र स्वभाविक छन् । जसलाई दर्शकले स्वभाविक रुपमा लिएका छन् । वीरकाजीको पात्र त झनै नेपाली समाजकै पात्र हो कि झैँ लाग्छ, धेरै दर्शकले वीरकाजीको पात्र रुचाउनुको कारण शायद यही हो ।

पछिल्लो समय नेपाली चलचित्रले दर्शक तान्न अनेक कोशिश गरे पनि असफल भइरहेका बेला यो फिल्मले भने दर्शक तानेको छ । अर्कातिर दर्शकको रोजाइमा अहिले कमेडी चलचित्र नै परिरहेको पनि स्पष्ट भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ५९ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित