दशैंमा घर जान २ दिनमा २० हजार यात्रुले लिए अग्रिम टिकट « Khabarhub

दशैंमा घर जान २ दिनमा २० हजार यात्रुले लिए अग्रिम टिकट


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं, तिहार तथा छठका लागि घर जान काठमाडौंको नयाँ बसपार्कबाट मात्रै २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र २ दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार यही असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दूरीका सवारीसाधनलाई मात्र अग्रिम टिकट खुलाइएकामा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुले अग्रिम टिकट लिएका जानकारी दिए ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङलगायत क्षेत्रमा जाने सवारीसाधनका लागि भने असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताए । टिकट बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म वितरण गर्ने गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । ‘दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ,’ सिटौलाले भने ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ०५ बजे

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका