इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह | Khabarhub Khabarhub

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् ।

बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो । इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन् ।

इराकी सरकारले तेहरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए ।

इरानलाई इराकमा निशाना नबनाउन अनुरोध गरिएको थियो । उनीहरूले हामीलाई सकारात्मक आश्वासन दिएका छन्,” संवेदनशील विषयमा बोल्ने अख्तियारप्राप्त व्यक्त आफू नभएको बताउँदै ती अधिकारीले भने ।

अधिकारीका अनुसार तेहरानले बगदादको अनुरोधमा समझदारी देखाएको छ । इरानमा रहेका सैन्य र आणविक स्थलहरूमा इजरायली आक्रमणको शृङ्खलासँगै शुक्रबार बिहान सुरु भएको वर्तमान तनावअघि तेहरानले वासिङ्टनसँगको आणविक वार्ताको सम्भावित असफलताका कारण उत्पन्न द्वन्द्वको स्थितिमा यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको थियो।

सन् २०२३ को अक्टोबरमा सुरु भएको गाजा युद्धका क्रममा इरानसमर्थित प्यालेस्टिनी समूह हमासविरुद्ध इजरायललाई उभ्याइएको छ भने तेहरानसमर्थित सशस्त्र समूहले इराक र छिमेकी सिरियामा रहेका अमेरिकी सेनालाई लक्षित गरी दर्जनौँ रकेट र ड्रोन आक्रमण गरेका छन् ।

आक्रमणको लहर सुरु हुनुअघि संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षाको कारण देखाउँदै बग्दादस्थित आफ्नो दूतावासमा कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

शक्तिशाली कातेब हिजबुल्लाहले ‘यस क्षेत्र (इराक)मा थप युद्ध’ को चेतावनी दिएसँगै इराकमा रहेका इरान समर्थक धेरै समूहले शुक्रबार देशबाट अमेरिकी सेनाको बहिर्गमनलाई तीव्रता दिन आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : १९ बजे

असोज १८ देखि २० सम्म विशेष सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष

दशैं सत्य, धर्म र न्यायको विजयको प्रतीक : राष्ट्रपति

काठमाडौं, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र

युक्रेनको ओडेसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु

कीभ- युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौं- कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिने भएकी छिन् ।

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा