हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या « Khabarhub

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो ।

खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहान सुेकेपछि समस्या चुलिँदै गएको बताए । उनका अनुसार दुई हप्तायतादेखि पानी सुक्दै गएपछि समस्या भएको हो ।

खोलामा थोरैमात्रामा आएको पानी पनि जमिनमुनि छिरेर जाने गरेको भन्दै छाल्ता खोलाबाट पाइप जडान गरी पानी ल्याउने गरिएको लामाले जानकारी दिए । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा सर्वसाधरणलाई पालोअनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उनको भनाइ छ ।

“खोलामा पानी सुक्दै गएको छ । सदरमुकामस्थित सेवाग्राहीले हामीलाई पानी छोड्दैनन् भनी गुनासो गर्नुहुन्छ । हामीले कहाँबाट पानी ल्याएर दिनु ?”, लेखा अधिकृत लामाले प्रश्न गरे । पानी अभाव बढ्दै जान थालेपछि गाउँपालिकाले शुक्रबार पानी नचुहिने ग्रिन हाउसको प्लास्टिकको पाल दिएको उनले उल्लेख गरे ।

गाउँपालिकाले दिएको पाल आज पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सउ २६ खानेपानीका ग्राहक छन् । सबै सेवाग्राहीलाई बिहान र बेलुकाको समयमा टोलटोल गरी पालोअनुसार पानी छोड्ने गरिएको उनको भनाइ छ ।

“सिमकोटमा रहेका खानेपानीका रिजर्भ ट्याङ्की यतिबेला खाली छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखि सदरमुकामवासीलाई बिहान, बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो”, अधिकृत लामाले भने।

यतिबेला सदरमुकामवासीले धारामा खानेपानी नआउँदा समस्या हुने गरेको गुनासो गरेका छन् । सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रवासमा दुई महिनादेखि खानेपानी आउन बन्द भएको छात्रवासका संरक्षक कमला लामाले बताए । बिहान र बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा एक, दुईका घरमा आउने धारामा दुई, तीन घण्टा लाइन बसेर थाप्नु परेको उनको भनाइ छ ।

खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोललगायत क्षेत्रका नागरिकले टाढाटाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । स्वच्छ पानी अभाव हुँदा पिउने पानीका साथै सरसफाइमा समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।

केही दिनयतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या हुन थालेको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि पानीको समस्या हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ३३ बजे

सडकमा बसेर आम जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम