द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा भारत र ब्रुनाइका अधिकारीबीच छलफल « Khabarhub

द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा भारत र ब्रुनाइका अधिकारीबीच छलफल


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा भारत र ब्रुनाइका अधिकारीहरुबीच छलफल भएको छ । भारतीय विदेशसचिव (पूर्व) र ब्रुनाइ दारुसलामको विदेश मन्त्रालयका स्थायी सचिव हाजा जोहारिहा बिन्ती अब्दुल वहाबबीच मलेशियामा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई अधिकारीबीच द्विपक्षीय साझेदारलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पछिल्लो समय भारतले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानका सदस्यहरुसँग साझेदारी विस्तार गरिरहेको छ ।

यसै अनुसार आशियान सदस्य राष्ट्र ब्रुनाइका अधिकारीसँग भारतीय विदेश सचिवले भेटवार्ता गरेको जनाइएको छ । आशियानमा ब्रुनाइसहित कम्बोडिया, इण्डोनेशिया, मलेशिया, लाओस, म्यान्मार, भियतनाम, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्स गरी १० मुलुक सदस्य छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ११ : ४५ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६