रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो « Khabarhub

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल सम्मिलित अबुधाबी कन्ट्री क्लबले यूएई महिला लिग प्रथम डिभिजनको उपाधि जितेको छ।

अबुधाबी कन्ट्री क्लबले ७ खेलमध्ये सबै जितेर अपराजित रहँदै २१ अंकसहित उपाधि कब्जा गरेको हो। टोलीले प्रतियोगिता अवधिभर ३३ गोल गर्दै एक पनि गोल खाएन् ।

यो अबुधाबीको लगातार ११औं उपाधि हो । उपाधि जितेपछि उनले सामाजिक सञ्जालमा ट्रफीसहितका तस्वीर र भिडियोहरू साझा गरेकी छन्।

क्लबसँगको सफल यात्रा सम्पन्न भएपछि रेखा अब केही दिनमै नेपाल फर्किनेछिन्। उनी राष्ट्रिय टोलीको क्याम्पमा सहभागी हुँदै एएफसी महिला एसियन कप २०२६ छनोटको तयारीमा जुट्नेछिन्।

उक्त प्रतियोगिताको छनोट खेलहरू आगामी जुन २९ देखि उज्बेकिस्तानमा सुरु हुँदैछन् । जसका लागि नेपाली टोली हाल प्रशिक्षणमा व्यस्त छ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ५६ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक