इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते | Khabarhub Khabarhub

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको छ। उत्तरी सहर हाइफामा ५ जनाको ज्यान गएको हो।

यसैगरी, तेल अभिभमा एक ६० वर्षीया महिलाको ज्यान गएको छ। यसअघि शनिबार राति पनि एक २० वर्षीया महिलाको ज्यान गएको थियो। सोही क्षेत्रमा २० जना घाइते भएका छन्। यसै गरी जुडेयन फुटहिलमा पनि २४ जना घाइते भएका छन्।

इजरायल डिफेन्स फोर्सले विज्ञप्ति जारी गर्दै केही समय अगाडि मात्र आणविक संरचनामा हमला गरेको जनाएको छ। आइडिएफले इरानको आणविक हतियार बनाउने योजना निस्तेज गर्नका लागि आक्रमण केन्द्रित गरेको जनाएको छ।

इरानले पनि भर्खरै इजरायलको अर्को आक्रमण गरेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले त्यहाँका सम्पूर्ण बासिन्दालाई लगातार इरानले आक्रमण गरेका कारण होम ग्राउन्ड कमान्डको निर्देशन अनुसार चल्न भनेको छ।

आइडिएफले सो निर्देशन गरेको केही समय पछि नै केही स्थानमा भने स्थानीयलाई घर बाहिर निस्कनका लागि अनुमति दिएको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ०४ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म