नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भयो : सांसद् बजगाईँ « Khabarhub

नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भयो : सांसद् बजगाईँ


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भएको आरोप लगाएका छन् । सांसद बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोरखा जिल्ला लुकेको कर्णाली हो भन्ने थाहा हुँदा हुँदै पनि बजेट कटौती गरेको आरोप लगाए ।

‘बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ !’ उनले भने ।

यसैको विरोधस्वरुप सांसद बजगाईँ आज संसदको बैठकमा दर्शकदीर्घामा बसेका थिए ।

सांसद बजगाईँले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने कुरा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नबुझेको पनि टिप्पणी गरे । ‘सायद तपाईँले गोरखामा बिना सडकको पुल निर्माण गर्ने तत्कालिन पूर्वाधारमन्त्रीको पक्षपोषण गर्नुभयो !’ उनले भने ।

प्रजातान्त्रिक मूल्यको मर्म नबुझेका र देशको भूगोलप्रति आवश्यक समझदारी नराख्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल गोरखा मात्र नभइ देशभरिका लागि बजेटको न्यायसङ्गत वितरण गर्न अयोग्य रहेको उनको भनाइ छ ।

‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ— जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।’ उनले भने ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : १६ बजे

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने

मुस्ताङ– आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरूको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन

बहराइन, कतार, कुवेत र यूएईमा पनि हमला

काठमाडौं– इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको

जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथ

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन