इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता भाँडियो « Khabarhub

इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता भाँडियो


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ । इरान र इजरायलबीच द्वन्द्व चलिरहँदा इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो ।

यो वार्ता आइतबार ओमनमा हुने तय गरिएको थियो । यसअघि अमेरिका र इरानबीच विभिन्न चरणमा पटक पटक आणविक वार्ता भएको थियो, जसलाई दुबै पक्षले सकारात्मक रूपमा अर्थ्याउँदै आएका थिए ।

तर, वार्ता जारी रहेको बेला अचानक गत शुक्रबार इजरायलले इरानमाथि हमला गरेको थियो । इजरायली आक्रमणमा इरानका प्रमुख सैन्य कमाण्डरसहित आणविक वैज्ञानिक मारिएसँगै मध्यपूर्व थप अशान्त बन्न पुगेको बेला वार्ता भाँडिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल पोस्टमार्फत वार्ता स्थगित भएको जानकारी दिएका हुन् । अल्बुसैदीले अगाडी भने– ‘कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र उपाय हो ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ५८ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन