तीन करोडभन्दा तलका आयोजनामा बजेट नराख्नुपर्थ्यो : पूर्वअर्थमन्त्री महत « Khabarhub

प्रतिनिधि सभा बैठक

तीन करोडभन्दा तलका आयोजनामा बजेट नराख्नुपर्थ्यो : पूर्वअर्थमन्त्री महत


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना राखेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलप्रति टिप्पणी गरेका छन्‌ ।

आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्ति छलफलमा सहभागी हुँदै डा. महतले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने कार्यविधि पालना नभएको उल्लेख गरेका हुन्‌ ।

अर्थमन्त्री पौडेलले पनि बजेटअघि आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने जनाएका थिए । तर, पौडेलले बजेटमा नेताविशेषका क्षेत्र र नाममा एक लाख रुपैयाँसम्म बजेट पनि हालिदिएका छन्‌ ।

अर्थमन्त्री पौडेलको यो कदमलाई लिएर पूर्वअर्थमन्त्री महतले भने, ‘सङ्घीय बजेटले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने जुन हामीले कार्यविधि बनाएका थियौँ – त्यो कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको छ । तै पनि तीन करोडको जुन सीमामा बजेट विनियोजन गर्ने, कम्तिमा पनि तीन करोडभन्दा तल बजेट नराख्ने कुरामा जति अर्थमन्त्रीजी त्यसमा अझ सशक्त हुनुपर्थ्यो – त्यसमा कतिपय बजेट प्रस्तावहरू तीन करोडभन्दा अहिले पनि रहेको अवस्था छ ।’

यसमा अझ निडर भएर अझ सार्थक ढङ्गबाट यो बजेट आएको भए अझै बढी परिणाममुखी हुन्थ्यो भन्दै डा. महतले चार हजारभन्दा धेरै आयोजनाहरूलाई कटौती गरेकोमा अर्थमन्त्रीको प्रशंसा पनि गरे ।

‘अहिलेको देशको आवश्यकता बजेटमा अनुशासन, विनियोजनमा अनुशासन र परिणाममुखी विनियोजन नै हो । त्यसबाट मात्रै आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्न सक्छ । आउँदा दिनमा सरकार अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ’, महतले थपे ।

आगामी बजेटले विनियोजन अराजकता र अनुशासनहीनता पनि अन्त्य गरेको महतले दाबी गरे । भने, ‘जुन अराजकता, जुन अनुशासनहीनता, जुन किसिमको विनियोजन धेरै गर्ने, परिणाम प्राप्त नहुने परिस्थिति थियो – त्यसलाई कम गर्न यो बजेटले कोशिश गरेको छ ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : १६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर