बजेटका विषयमा कर्णालीमा सरकार र प्रतिपक्षबीच विवाद « Khabarhub

बजेटका विषयमा कर्णालीमा सरकार र प्रतिपक्षबीच विवाद


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीमा बजेट ल्याउने विषयमा कर्णालीमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएको छ । कर्णालीमा बजेट ल्याउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष माओवादी केन्द्रका बीचमा विवाद हुँदा बजेट भाषण हुन सकेको छैन ।  

कर्णालीमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले योजना बैंकमाथि प्रश्न उठाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने भनेपछि दिउँसो ३ बजे बस्ने भनिएको सभा अनिश्चित बनेको छ । 

एकलौटी तरिकाले आफूखुसी बजेट ल्याउन लागिएको भन्दै प्रश्न उठाएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । ‘सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी र एकलौटी ढङ्गले बजेट निर्माण प्रक्रिया अघि बढाएको छ,’ उनले उनले भने, ‘बजेटको आधार मानिएको आयोजना बैंक अहिलेसम्म सार्वजनिक गरिएको छैन । र त्यसमा के–कस्ता योजना छन् भन्नेबारे कसैलाई जानकारी छैन ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : २४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते