स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता | Khabarhub Khabarhub

स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए ।

उनले स्वःआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि आग्रह गरे । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयमसेविकाको कल्याणकारी कोषबाट प्रति स्वास्थ्य स्वयमसेविकाको मासिक ८३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।

पालिकाबाट सञ्चालित स्वयमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

यस योजनामा सहभागी स्वयमसेविकाहरूलाई पेन्सन योजना सञ्चालन कार्यविधि,२०७६ अनुसार स्वयमसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनु पर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

सहभागीहरूलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : २१ बजे

सत्य, धर्म र न्यायको विजयको प्रतीक दशैँ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको

आज दशैँको टीका : शक्ति, आशीर्वाद र उत्सवको दिन

काठमाडौं – दशैँ नेपालमा मनाइने सबैभन्दा विशाल, जीवन्त र रंगीन

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन

आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज

आज २०८२ साल असोज १६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन