प्रदेशको बजेटमा समेटिएन कोशीमा आधारित पर्यटन « Khabarhub

प्रदेशको बजेटमा समेटिएन कोशीमा आधारित पर्यटन


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चतरा– कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको क्षेत्रमा २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर कोशी नदीमा आधारित पर्यटन र आन्तरिक जलयान सञ्चालनका लागि बजेट मौन छ । 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको आव २०८२/८३ को बजेट वक्तव्यमा कोशी नदीमा आधारित कुनै पनि पर्यटनको सम्भावनालाई सम्बोधन गर्न सकेको छैन ।

‘पर्यटनको विकास भनेको छ, ताई न तुईको बजेट आएको छ, विदेशमा पानी जहाज चलाउँछु भन्ने राज्यको निकाय, प्रदेश सरकार कोशी नदीमा आधारित पर्यटनमा मौन छ,’ पर्यटन व्यवसायी रमण भट्टराईले भने, ‘आन्तरिक जलयानको प्रवर्धन र जलमार्गको विकासमा प्रदेश सरकार मौन छ ।’ 

होटल व्यवसाय प्रवर्धनमा केही उत्साहजनक कार्यक्रम ल्याए पनि कार्यान्वयनमा चुनौती हुने देखिएको भट्टराईले बताए । ‘नेपालको कानुन बुझ्नै नसकिने छ । सङ्घको कानुन एकातिर छ, प्रदेशको अर्कातिर । व्यवसायी भट्टराईले भने ।

सङ्घीय सरकारले कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने विधेयक ल्याएको छ ।

राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको थियो । 

सङ्घीय सरकारले अन्तरदेशीय जल यातायातको विकास गर्न भन्दै पानीजहाज कार्यालयलाई ८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर आन्तरिक जलमार्ग निर्माण, कोशी नदीमा आधारित जलपर्यटनलाई बेवास्ता गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ०२ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य