लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत « Khabarhub

लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष ०८२/८३ का लागि लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बराबरको बजेट ल्याएका हुन् ।

कुल विनियोजनमध्ये चालु खर्चतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत बजेट विनियोजन गरेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ अर्थात् ८.८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट सात अर्ब ७८ करोड चार लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ४१ करोड ५० लाख र स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ८२ करोड ९० लाख रहेको मन्त्री कार्कीले बताए ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबापत आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट चार अर्ब ६६ करोड १५ लाख, समपूरक अनुदानबाट ५१ करोड ४० लाख र विशेष अनुदानबाट ४० करोड  प्राप्त हुने उनले बताए । प्रदेशको नगद मौज्दातबाट समेत दुई अर्ब परिचालन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार, पुँजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख र वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब १४ करोड १३ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सो सरकारले आन्तरिक राजस्वबाट सात अर्ब ५१ करोड २१ लाख आम्दानी हुने लक्ष्य राखेको छ । त्यस्तै, संघबाट हुने राजस्व बाँडफाँटबाट १२ अर्ब एक करोड ५० लाख, संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख र स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको छ ।

त्यस्तै, बाँकी स्रोत, वित्तीय समानीकरण, समपूरक, विशेष र सशर्त अनुदानबाट व्यवस्था हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ३२ बजे

सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने कुराले उत्साहित छौँ : अध्यक्ष पाण्डे

काठमाडौं- लामो समयदेखि रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको

सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल

काठमाडौं – ज्येष्ठ नागरिकका लागि कानुनमा सुनिश्चित गरिएका सुविधा प्रभावकारी