अकल्यान्डविरुद्ध म्युनिखको १० गोल, जमालले ह्याट्रिक गर्दा मुलरको दुई गोल | Khabarhub Khabarhub

अकल्यान्डविरुद्ध म्युनिखको १० गोल, जमालले ह्याट्रिक गर्दा मुलरको दुई गोल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्लब विश्वकप फुटबलको आइतबार भएको समूह ‘सी’को खेलमा वायरन म्युनिखले अकल्यान्ड सिटीलाई १०-० ले हराएको छ। सो खेलमा जमाल मुसियलाले ह्याट्रिक गरे। म्युनिखका लागि थोमस मुलरले दुई गोल प्रहार गरे।

खेलको छैटौँ मिनेटमा किङ्ले कोम्यानको गोलमा वायरनले अग्रता लिएको थियो। त्यसको १२ मिनेटपछि साचा बोयले अर्को गोल गरेका थिए। माइकल ओलिसेले अर्को गोल थप्दा म्युनिख तेस्रो गोलको अग्रता लिन सफल भएको थियो। २२ औँ मिनेटमा कोम्यानले अर्को गोल गरे।

वायरनका लागि अन्तिम सिजन खेली रहेका मुलरले ४५ औँ मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा ओलिसेले थप गोल गरे। ओलिसीले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।

दोस्रो हाफमा बेन्चबाट आएको मुसियलाले पेनाल्टी मार्फत ६७ औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको ६ मिनेटपछि पेनाल्टी मार्फत गोल गरेका उनले ८४ औँ मिनेटमा ह्याट्रिक पुरा गरे। मुलरले वायरनका लागि अन्तिम गोल गर्दै १०-० को शानदार जित निकालेका हुन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : १९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन

आज २०८२ साल साउन १८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन