इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली | Khabarhub Khabarhub

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए।

साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी इजरायलले पनि आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो।

भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ।

तेल अभिभ र जेरुसेलममा भएको सो आक्रमणको क्षति हेर्न उद्धार टोली त्यस क्षेत्रमा सक्रिय रहेको छ।

भर्खरै भएको आक्रमणमा दुई ठुला पहल भत्किएको तथा च्यापिएको उद्धार टोलीले बताएको छ। उद्धार टोली टर्च बालेर ती भवनमा खोजी गरी रहेको दृश्य रोयटर्सको भिडियोमा सार्वजनिक भएको छ।

तेल अभिभको अस्पतालले ८ जनाको उपचार भइरहेको तथा ती सबैको अवस्था सामान्य रहेको जनाएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ५८ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६