‘भद्रगोल’ लाई लाइकभन्दा डिस्लाइक धेरै, ‘सक्किगोनी’ लाई दर्शकको साथ ? | Khabarhub Khabarhub

‘भद्रगोल’ लाई लाइकभन्दा डिस्लाइक धेरै, ‘सक्किगोनी’ लाई दर्शकको साथ ?


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्तरिक लफडाका कारण भद्रगोलको टीम टुक्रियो । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘भद्रगोल’ बाट छुट्टिएका कलाकारको समूहले नयाँ टेलिश्रृङ्खला ल्याएको छ । कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेको नयाँ श्रङ्खलाको पहिलो भागलाई दर्शकले रुचाएका छन् ।

‘सक्किगोनी’ को पहिलो भागमा उनै पात्र र चरित्रलाई देखाइएको छ तर स्थान भने फरक छ । अहिले यो टिमले छायांकनका लागि काभ्रेको पाँचखाल रोजेको छ । नयाँ परिवेशमा छायांकन गरिएको यो शृङ्खलालाई दर्शकले झनै रुचाएका छन् । दीपक आचार्यले सिरिजको निर्देशन गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म पहिलो एपिसोडलाई युट्युबमा मात्र २० लाखभन्दा बढीले हेरिसकेका छन् । यस्तै शृङ्खला मन पराएको भन्दै दर्शकले प्रतिक्रिया पनि छोडेका छन् । कतिले भने यो शृङ्खलालाई ‘भद्रगोल’ सँग तुलना गरेका छन् ।

रोजी राई नामक प्रयोगकर्ताले लेखेकी छिन्, ‘उत्कृष्ट कमेडी, यस्तै गर्दै गर्नु साथी हो, अर्को एपिसोडको प्रतीक्षामा ।’

कतिले धतुरे र पाँडेको र्‍याप ब्याटललाई खुबै रुचिका साथ लिएका छन् । थापा खेमबहादुरले कमेन्ट गरेका छन्, ‘यो सक्किगोनी सिरियलको नाम भद्रगोल र भद्रगोलको नाम सक्किगोनी राख्नुपर्‍यो ।’

यता मिडिया हबको प्रस्तुति रहेको ‘भद्रगोल’ लाई भने दर्शकले गाली गरेका छन् । ‘भद्रगोल’ को नयाँ भागलाई ज्योति काफ्ले र अशोक धितालले निर्देशन गरिरहेका छन् । यसका पछिल्ला भागमा लाइकभन्दा बढी डिसलाइक आउन थालेको छ । भद्रगोलका पुराना टिमले छोडेपछि यो सिरिजले मन नजितेको धेरै दर्शकले प्रतिक्रिया दिएका छन् ।

‘जसले जे भनोस्, भद्रगोल टिम आफ्नो हिम्मत नहारी अगाडि बढोस्, शुभकामना,’ एक प्रयोगकर्ताले शुभकामना दिँदै लेखेका छन् । अर्का एक प्रयोगकर्ताले भने निराश हुँदै लेखेका छन्, ‘भद्रगोल नाम फेर्नुपर्‍यो, नामअनुसार काम भएन, भदगोल नाम सुन्दा पहिलेकै याद आउँछ, हेर्दा अहिले दिक्क लाग्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ३ : १४ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका