आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो « Khabarhub

आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘फ्लाई नेपा’ले अमेरिकामा तय गरेको कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ रद्द भएको छ । आयोजकले सोमबार विज्ञप्ति जारी गरी कलाकार बिक्की अग्रवालको टोलीसँगको सम्झौता रद्द गरेसँगै यो कार्यक्रम स्थगन भएको जानकारी दिएको हो ।

यसै प्रकृतीको अर्को कार्यक्रमसँग बिक्कीको टोलीले अमेरिका जाने सहमति गरेपछि आफूहरु सम्झौताबाट पछि हट्नु पर्ने व्यवसायिक बाध्यता आएको ‘फ्लाई नेपा’ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘फ्लाई नेपा’सँग सम्झौता गरिसकेको अवस्थामा उस्तै प्रकृतिको कार्यक्रमका लागि सम्झौता गर्नुलाई हामीले कलाकारको व्यावसायिक धर्म प्रतिकुल आचरणको रुपमा बुझेको छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

‘फ्लाई नेपा’ले यस कार्यक्रमका लागि ‘कमेडी दरबार’को टोली बिक्की अग्रवाल, पवन खतिवडा, मिस पबी, सुन्दर धिताल, सुजता श्रेष्ठ, विकास अर्याल सम्झौता गरेको थियो । यी सबैसँगको सम्झौताबाट आयोजक पछि हटेको हो ।

कार्यक्रमको प्रतीक्षामा बसेका दर्शकसँग आयोजकले माफीसमेत मागेको छ ।

‘अब सुन्छ अमेरिका’को कार्यक्रमहरु जारी रहेको र ‘अब गाउँछ अमेरिका’ कार्यक्रम चाँडै हुने आयोजकले बताएको छ ।

‘फ्लाई नेपा’ले गत पुसमा ‘अब हाँस्छ अमेरिका २’सहित ‘अब गाउँछ अमेरिका’ र ’अब सुन्छ अमेरिका’को कार्यक्रमको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ४६ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।