अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छ : सांसद गिरी « Khabarhub

अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छ : सांसद गिरी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले बजेटले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउने तथा सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्ने किसिमको रहेको बताएका हुन् । 

सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ । 

‘बजेटमा रु १३ खर्ब १५ अर्ब राजस्व संकलनका अनुमान गरिएको छ, चालु आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य ३१ प्रतिशत वृद्धिको लक्ष्य निर्धारण गरिएको थियो, विगतमा लक्ष्य अनुसारको उपलब्ध हासिल हुन सकेका थिएनन्,’ उनले भने, ‘राजस्वको लक्ष्य हासिल गर्नका लागि सुशासन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्छ, निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ ।’

सांसद गिरीले यथार्थको धरातलमा रहेर राष्ट्रिय योजना आयोगले दिएको बजेटको सिलिङको सीमा नबढाई बजेट आएको र विकासका योजनाहरू घटाउनु राम्रो पक्ष रहेको धारणा राखे । 

‘बजेटमा कृषि क्षेत्रको बजार व्यवस्था, बिमाको सुविधा, मल, बीउ, औजारमा अनुदान दिने कुराहरू आएका छन् । निजी क्षेत्रलाई लगानीका लागि आकर्षण गर्ने र कृषिमा आत्मनिर्भर बन्ने बाटोमा देश अगाडि बढ्ने कुरा सकारात्मक छन्,’ उनले भने, ‘बाँझो जमिनलाई उत्पादन कार्यमा लगाउने, कृषि र वनका उद्यमका लागि मिसन खरिदमा कर छुट दिने व्यवस्था गरिएको छ । यो सकारात्मक छ ।’

सांसद गिरीले युवा पुस्ताहरुलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति पनि प्रशंसनीय रहेको बताए । सांसद गिरीले सार्वजनिक खर्च कटौतीमा सरकारको ध्यान पुग्नुपर्ने र घाटामा भएका सार्वजनिक संस्थाको व्यवस्थापन गर्नुपर्ने सुझावसमेत दिए। 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  २ : २४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड