सुनचाँदी व्यवसायीको आन्दोलन जारी | Khabarhub Khabarhub

सुनचाँदी व्यवसायीको आन्दोलन जारी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । 

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले पसल बन्द गरेर सोमबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए ।

नगदसरह सम्पत्तिको मान्यता भएको वस्तुलाई विलासिताका रूपमा व्याख्या गरिनु संविधान विपरित रहेको व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  २ : ३५ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल