इण्डो प्यासिफिक स्ट्राटेजीलाई लिएर चीनले भ्रम फैलाएको रिपब्लिक पार्टीको आरोप « Khabarhub

इण्डो प्यासिफिक स्ट्राटेजीलाई लिएर चीनले भ्रम फैलाएको रिपब्लिक पार्टीको आरोप


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रिपब्लिक पार्टीले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्ट्राटेजी नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।

पार्टीका अध्यक्ष सिद्धार्थ गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ सरकारको यस क्षुद्र, कुटिलतापूर्ण र लज्जास्पद कृत्यको भर्त्सना गर्दछ ।’

नेपाल सरकार इण्डो प्यासिफिक स्ट्राटेजीको पक्षमा रहेको तथ्य नेपालका परराष्ट्रमन्त्रीमार्फत यसअघि नै स्पष्ट भइसकेको उल्लेख गर्दै नेपालको आधिकारिक अडानबारे विश्व समुदाय अवगत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको कुनै पनि आधिकारिक प्रतिनिधिले व्यक्त नगरेको आधारहीन कुरालाई विज्ञप्तिमार्फत भ्रम फैलाउनु चीनको नेपालमा भाँडभैलो मच्चाउन खोज्ने योजनाको पूर्वरुप भएको पार्टीले आरोप लगाएको छ ।

चीनले नेपालप्रति हेपाहापन देखाएको र यसको झलक चिनियाँ विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणका अवसरमा सहयोगका नामा उसले देखाएको व्यवहारबाट स्पष्ट भएको उल्लेख छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ३२ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन