दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास « Khabarhub

दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

घोराही– यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरु, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो । 

यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको सामाजिक एकता, सांस्कृतिक सम्पदा र भूमि प्रतिको श्रद्धा पनि देखिने घोराही उपमहानगरपालिका–१४ का स्थानीय जुनु मगर बताउँछिन्। यो पर्व आफ्नो भाषा, संस्कृति र एकता सम्झाउने माध्यम रहेको उनको भनाइ छ ।  

भूमे पर्व केवल नाचगानको उत्सव होइन । मगर समुदायको संस्कृति, इतिहास र भविष्यसँग गाँसिएको भावनाको उत्सव पनि हो । मगर समुदायले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रुपमा लिन्छन् । भूमि बिना कुनै जीवको अस्तित्वको परिकल्पना गर्न नसकिने र भूमि नै जीवन दाता भएको मान्यता उनीहरूको छ । मगर समुदायले भूमिलाई देवताका रुपमा मान्दै आएका छन् । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् । 

यो पर्वलाई नयाँ कामको सुरुआत गर्ने दिनका रुपमा पनि लिइन्छ । सामूहिक योजना, भविष्यको सोच र सामाजिक सुदृढीकरणको मार्ग यही पर्वमा खोजिन्छ । तकसेरा समाजका अध्यक्ष मित्रलाल बूढा मगरले मगरहरूको मुख्य पर्व भएको हुँदा आफूहरूले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताए। 

दाङको भूमे पर्व, अब स्थानीयस्तरबाट राष्ट्रियस्तरमा अग्रसर हुँदैछ । यस पर्वमार्फत मगर समुदायको पहिचान र परम्परा जोगाउने मात्र होइन, सामाजिक सद्भाव र सहकार्यका उदाहरण प्रस्तुत हुन थालेका छन् ।  

भूमे पर्वका अवसरमा मगर समुदायका विभिन्न समूहले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रुपमा मनाइरहेका छन् । नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाले मगरहरूको मुख्य पर्व भएको हुँदा आफूहरूले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताए। दाङमा विशेषगरी रुकुम, रोल्पाबाट बसाइँ सरी आएका मगर समुदायको बसोबास छ ।

‘पृथ्वीलाई साक्षात् भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन,’ उपाध्यक्ष रोकाले भने, ‘यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।’ 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १२ : ३० बजे

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई