गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए « Khabarhub

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी मारिएका छन् । गाजामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार संयुक्त राष्ट्रसंघले प्रदान गर्ने खानेकुरा पाउने आशामा लाइन लागेका प्यालेस्टाइनीहरु इजरायली आक्रमणमा परी मारिएका हुन् ।

समाचार संस्था एपीका अनुसार उनीहरु कुन अवस्थामा मारिएका हुन् भन्ने स्पष्ट भइसकेको छैन । गाजामा रहेका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार इजरायली फौजले प्यालेस्टाइनीहरुमाथि जथाभावी गोली चलाएका थिए ।

गत महिना अमेरिका र इजरायलले गाजा क्षेत्रमा खानेकुरा वितरण केन्द्र स्थापना गरेका थिए । इजरायली फौजले सोही केन्द्रहरुलाई लक्षित गरी आक्रमण गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ४३ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो