उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता « Khabarhub

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी सुरक्षा परिषदका सचिव सर्गेइ शोइगु उत्तर कोरिया भ्रमणमा गएका छन् । उत्तर कोरिया भ्रमणका क्रममा उनले त्यहाँका सर्वोच्च नेता किम जोङ उनसँग पनि भेटवार्ता गरेका छन् ।

शोइगु र किमबीच कुन विषयमा छलफल भएको भन्नेबारे केही खुलाइएको छैन । शोइगु अघिल्लो वर्षसम्म रुसको रक्षामन्त्री थिए ।

रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार दुई सातामा शोइगुको यो दोस्रो उत्तर कोरिया भ्रमण हो । यसअघि गत मार्च २१ र जुन ४ मा पनि शोइगु उत्तर कोरिया पुगेका थिए ।

गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली सर्वोच्च नेता किमले आपसी रक्षा सन्धिसहित रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए ।

उत्तर कोरियाले युक्रेनमा जारी रुसी आक्रमणलाई सघाउन हजारौँ सैनिक परिचालन गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार कुस्र्क क्षेत्रमा भएको लडाईँका क्रममा उत्तर कोरियाका ६ हजारभन्दा धेरै सैनिक मारिएका छन् ।

रुस–युक्रेनमा युद्धमा आफ्ना सैनिकको हताहतीको सङ्ख्याबारे उत्तर कोरियाले केही खुलाएको छैन । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले रुसतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र, ट्याङ्क प्रतिरोधी रकेट र दशौँ लाख राउण्ड गोलीगठ्ठा पठाएको जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक