इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज « Khabarhub

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई इराकका पूर्वशासक सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिने चेतावनी दिएका छन् । उनले आयातोल्लाह अली खामेनेईको अन्त्य पनि सद्दाम हुसैनकै जस्तो हुने दाबी गरेको इजरायलका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २००३ मा इराकमा अमेरिकाले आक्रमण गरेपछि पदच्युत गरिएका सद्दाम हुसैनलाई फासी दिइएको थियो । ‘म इरानी तानाशाहलाई युद्ध अपराध नगर्न र इजरायली नागरिकमाथि क्षेप्यास्त्र प्रहार नगर्न चेतावनी दिन चाहन्छु ।’ रक्षामन्त्री कट्जलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजीराले जनाएको छ ।

शुक्रबार इजरायलले इरानमाथि गरेको हमलाका कारण सयौँ इरानी मारिएका छन् भने त्यसको प्रतिकारस्वरुप इरानले गरेको हमलामा पनि दर्जनौँ इरजरायली मारिएका छन् । दुई मुलुकबीच अझै पनि आक्रमण प्रत्याक्रमण जारी छ ।

‘उनलाई (खामेनेई) इरानको छिमेकी देशका तानाशाह उनीजस्तै इजरायली राज्यविरुद्ध जाँदा कुन अवस्थामा पुगे भन्ने राम्रोसँग सम्झना छ ।’ कट्जले भने, ‘हामी तेहरानको सत्ता र सैन्य निशानामा आज पनि हमला गर्छौँ ।’ उनले तेहरानका स्थानीय बासिन्दालाई तेहरान छाड्न पनि आह्वान गरे ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ४८ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन