इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह « Khabarhub

इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले ‘रणभूमि’ विस्तार गरिरहेको जोर्डनका नरेश अब्दुल्लाहले बताएका छन् । फ्रान्सको स्ट्रसबोरस्थित युरोपेली संसदलाई सम्बोधन गर्दै जोर्डनका हाशेमी नरेश अब्दुल्लाहले इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न पनि आग्रह गरे ।

उनले यस द्वन्द्वलाई विश्वव्यापी खतराका रुपमा व्याख्या पनि गरेका छन् । ‘इजरायलले इरानलाई समेत समेटेर आक्रमणलाई विस्तार गरिरहेको छ, यस रणभूमिको सीमा कहाँ सकिन्छ कसैलाई थाहा छैन, र यो हरेक ठाउँका जनताका लागि खतरा छ ।’ अब्दुल्लाहलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजीराले जनाएको छ ।

उनले विश्वले निर्णायक रुपमा यसबारे कदम नचाले इजरायली अपराधको भागिदार हुनुपर्ने पनि उल्लेख गरे । जोर्डन इजरायलको पूर्वी छिमेकी मुलुक हो ।

यसको दक्षिणमा साउदी अरब, पूर्वमा इराक र उत्तरमा सिरिया छन् । मध्यपूर्वको प्रभावशाली मुलुक मानिने जोर्डनका राजाको यस्तो बयानलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ४० बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।