इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित « Khabarhub

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको सबैभन्दा पुरानो वित्तीय संस्था सेपाह बैंकमा साइबर आक्रमण भएको हो ।

इजरायली ह्याकर समूह ‘प्रेडेटरी स्प्यारो’ ले साइबर आक्राणको जिम्मा लिएको छ । यस बैंकको सम्बन्ध इरानको रिभल्युसनरी गार्ड कोरसँग रहेको दाबी गरिएको छ ।

उक्त ह्याकिङ समूहले उक्त बैंकको साइबर स्पेसमा आक्रमण गरी सबै डेटा नष्ट गरिदिएको दाबी गरेको छ । साइबर आक्रमण भएसँगै इरानभर बैंकिङ सेवा प्रभावित भएको थियो ।

सेपाह बैंकका १ हजार ८ सयभन्दा धेरै शाखाहरु रहेको जनाइएको छ । इरानबाहेक यस बैंकले बेलायत, फ्रान्स, जर्मनी र इटालीमा पनि सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

यस बैंकमाथि सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । यसबारे इरानी अधिकारीले कुनै प्रतिक्रिया नदिएको इरान इन्टरनेशनलले जनाएको छ ।

यद्यपि आईआरजीसीसँग सम्बन्धित फार्स समाचार संस्थाले सेपाह बैंकमा देखिएको समस्याको समाधान चाँडै हुने जनाएको थियो । ‘प्रेडेटरी स्प्यारो’ ले यसअघि इरानका स्टिल कारखाना र ऊर्जा केन्द्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : २८ बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट