इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित « Khabarhub

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको सबैभन्दा पुरानो वित्तीय संस्था सेपाह बैंकमा साइबर आक्रमण भएको हो ।

इजरायली ह्याकर समूह ‘प्रेडेटरी स्प्यारो’ ले साइबर आक्राणको जिम्मा लिएको छ । यस बैंकको सम्बन्ध इरानको रिभल्युसनरी गार्ड कोरसँग रहेको दाबी गरिएको छ ।

उक्त ह्याकिङ समूहले उक्त बैंकको साइबर स्पेसमा आक्रमण गरी सबै डेटा नष्ट गरिदिएको दाबी गरेको छ । साइबर आक्रमण भएसँगै इरानभर बैंकिङ सेवा प्रभावित भएको थियो ।

सेपाह बैंकका १ हजार ८ सयभन्दा धेरै शाखाहरु रहेको जनाइएको छ । इरानबाहेक यस बैंकले बेलायत, फ्रान्स, जर्मनी र इटालीमा पनि सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

यस बैंकमाथि सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । यसबारे इरानी अधिकारीले कुनै प्रतिक्रिया नदिएको इरान इन्टरनेशनलले जनाएको छ ।

यद्यपि आईआरजीसीसँग सम्बन्धित फार्स समाचार संस्थाले सेपाह बैंकमा देखिएको समस्याको समाधान चाँडै हुने जनाएको थियो । ‘प्रेडेटरी स्प्यारो’ ले यसअघि इरानका स्टिल कारखाना र ऊर्जा केन्द्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : २८ बजे

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण