इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ? « Khabarhub

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे चर्चा सुरु भएको छ। क्यानडामा जी-सेभेनको बैठक छाडेर अमेरिका फर्केका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद् बैठक राखेका छन्। सो बैठकको निचोड बाहिर आएको छैन। अहिले संसारका प्राय शीर्ष नेता तथा कूटनीतिज्ञ राष्ट्रपति ट्रम्पको सम्भाव्य कदमका बारे चर्चा गर्न थालेका छन्।

ट्रम्पले एकातर्फ तेहरान खाली गर्न भनिसकेका छन् भने इरानका नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पणका लागि भनेका छन्। यसैबीच अमेरिकाका विधायकले इजरायलमा अमेरिकी सेनाको उपस्थिति काँग्रेसबाट पास गराएर मात्र सम्भव हुने बताएका छन्।

इरानमा केही आणविक हतियार निर्माणस्थल जमिनमुनी भएका कारण यसलाई नास गर्नका लागि अमेरिकी हतियार आइरहेको जनाइएको छ। अमेरिकी कानुन अनुसार युद्धको घोषणा गर्न र यसले वैधानिकता पाउन संसदबाट निर्णय हुन आवश्यक छ। तर, सेनाको प्रमुख राष्ट्रपति आफै हुने भएकाले उनले युद्धको घोषणा नगरेर सेना पठाउन सक्ने छन्।

सन् २०१७ मा ट्रम्पले सिरियामा बसार असाद शासन विरुद्धमा सेना प्रयोग गरेका थिए। इरानका सर्वोच्च नेता खोमिनीले भने अमेरिकासँग कुनै पनि हालतमा नझुक्ने बताइ सकेका छन्। उनले सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक सञ्जालमा युद्ध सुरु भइसकेको बताएका छन्।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ३३ बजे

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा

अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र छ जनाको मृत शरीर भेटियो

एजेन्सी– अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस

सरकारलाई सर्वोच्चको धक्का : ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईवटा धक्का दिएको